'अष्ट्रियासँग जलविद्युत सम्बन्धि प्रविधि भित्र्याउने समझदारी' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘अष्ट्रियासँग जलविद्युत सम्बन्धि प्रविधि भित्र्याउने समझदारी’

वर्षमान पुन

काठमाडौं, १४ जेठ । नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सो सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धि प्रविधि भित्र्याउने गरी सो समझदारी गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो । जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धि ३१ वटा भन्दा बढि कम्पनी भएको सो मुलुकसँग जलविद्युत पूर्वाधार विकासमा अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाई थियो ।

मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्धारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);