कञ्चनपुर,२१ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकामा शनिबार विभिन्न जातका बिरुवाहरू वितरण गरिएको छ । पुनर्वास नगरपालिका र कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाको समन्वयमा तयार गरिएको बिरुवाहरू शनिबार देखि वितरण शुरू गरिएको हो ।
नगरपालिकालाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले नगरपालिकाका सम्पुर्ण वडाबासीलाई निशुल्क बोटबिरूवा वितरण गर्न लागिएको कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताउनु भयो ।
नगरले हरेक बर्षझै यस बर्ष पनि नगर बासीलाई हरभरा नगरपालिका निर्माणका निम्ति आफ्नो जमिनको किनारमा बिरुवा रोपी नगरले परिकल्पना गरेको हरभरा र सुन्दर नगर निर्माणमा हातेमालो गर्न अपिल गरेका छन् ।
शनिबारदेखि वितरण शुरू गरिएको र बिरुवा लगाउन चाहने ब्यक्तिले जुनसुकै दिन आएर पनि लैजान सक्ने कुण्डा सब डिभिजन बन कार्यालय पचकडियाले जनाएको छ । कार्यालयबाट शिसौँ, लिपटिस, काईना, बडहर, अमला, टिक, बाँस, खैयर आदि जातका रूखको बिरुवा वितरण गरिएको छ ।




