नेपाल - भारत संयुक्त बौद्धिक विचार गोष्ठी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल – भारत संयुक्त बौद्धिक विचार गोष्ठी सम्पन्न

सर्लाही, २९ माघ । नेपाल भारत भातृमंच मलंगवाको आयोजनामा आयोजित नेपाल भारत संयुक्त बौद्धिक विचार गोष्ठी सम्पन्न भएको छ । सिमा नाका बन्दले नागरिक दोहोरो मारमा परिरहेको बेला सम्बन्धित प्रशासनलाई ध्यानाकर्षण सहित समन्वय प्रयास जारी राख्ने सहभागी अगुवाहरुले बताएका छन् ।

बैठकमा नेपाल भारतका बुद्धिजीवी,ज्येष्ठ नागरिक, नागरिक समाजले भारतीय पक्षलाई नाका खोल्न दबाब सहित ध्यानाकर्षण गराउने कार्यक्रममा सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिबचन्द्र चौधरीले जानकारी दिनुभयो ।

नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारत मैत्री संघ संयोजक हरिनारायण राय ,सदस्य विजय प्रसाद , गोपी ठाकुर, रामज्ञान यादव, अनिल ठाकुर , कौशलकिशोर सिंह, रजनीकान्त झा, मुकेश मिश्र, गजेंद्र गुप्ता, रवींद्र सिंह महिला अधिकारकर्मी रम्भा झा, रामदेव ठाकुर लगायत नेपाल भारत बुद्धिजिवी नागरिक अगुवा,पत्रकारको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघ मलंगवा ,सर्लाही को सभाकक्ष मा आयोजित नेपाल भारत संयुक्त बौद्धिक विचार गोष्ठी ले बन्द सिमाको बारेमा दुवै देशका ११ सदस्यीय समन्वय समिति पनि गठन गरेको महासचिव चौधरीले जानकारी दिए ।

बिगत १० महिना देखी बन्द सिमानाका खोल्न नेपाल सरकारले सम्बन्धित जिल्ला प्रमुखलाई आदेश जारी गरे पनि भारतीय बेवास्ताका कारण नागरिक सास्ती भोग्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);