मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

pakrau

झापा, २९ माघ । मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गरेर भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरी छन् ।

अस्पताल हाताभित्र पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लैजाँदै गरेको भन्ने सूचना पाए लगत्तै अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);