मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

pakrau

झापा, १ पुष । मोटरसाईकल चोरी गर्ने दुई जना मोटरसाईकल सहित पक्राउ परेका छन् । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरी गरेका उनीहरुलाई मोटरसाईकल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत मंसिर २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी–९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित २ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);