बारामा काठ तस्कर र वन रक्षक बिच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बारामा काठ तस्कर र वन रक्षक बिच गोली हानाहान

बारा, १ असाेज । बारामा काठ तस्कर र वन रक्षक बिच गोली हानाहान भएको छ । बाराकोे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ जैतापुरमा वन गस्ती समुह र काठ तस्करको समुह बिच गोली हानाहान भएको हो । वन गस्ती समुहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन गस्ती टोलीले पनि जवाफमा १ राउण्ड गोली चलाएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

मधुवन सव डिभिजन वन कार्यालय अन्तरर्गत जैतापुर पोट र हलखोरिया साझेदारी वनको डकार पोटको समुहगत गस्ती गर्ने क्रममा १० थान साईकल र १० थान गोलाई सहितको तस्कर समुह र वन गस्ती समुह बिच गोली हानाहान भएको हो । यो घटनापछि १० थान गोलाई सहित १ जना काठ तस्कर प्रक्राउ परेका छन् । अन्य काठ तस्करहरु काठ छाडेर फरार रहेका छन् ।

प्रक्राउ पर्नेमा बाराको करौयामाई गाउँपालिका वडा नं.४ का करिब ४८ वर्ष उमेर भएका स्माईल मियाँ रहेको डिभिजन बन कार्यालय बाराले जानकारी दिएको छ । पछिल्लो समय बारामा बन र बन्य जन्तु तस्करीका घटना बढ्न थाले पछि डिभिजन वन कार्यालय सिमरा, बाराले वन गस्तीमा सकृयता बढाएको छ । लकडाउनको मौका छोपेर घरेलु हतियार सहित वन र वन्यजन्तु तस्करीमा संग्लनमा ४० जनालाई डिभिजन वन कार्यलय बाराले प्रकाउ गरेर २३ वटा मुद्दा दायर गरेको छ भने ४ जनालाई अनुसन्धान गरिरहेको छ ।

डिभिजन वन कार्यालय बाराले लकडाउनको अवधीमा मात्रै ३० लाख बराबरको काठ बरामद गरेको छ । बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजी वन क्षेत्र रहेका छन् । पछिल्लो समय निमार्णधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा बढी तस्करी हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);