स–मिलमा वन गस्ती टोलीमाथि आक्रमण, दुई वनरक्षक गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स–मिलमा वन गस्ती टोलीमाथि आक्रमण, दुई वनरक्षक गम्भीर घाईते

श्याम गुप्ता
बारा, २१ माघ ।
बाराको करैयामाईमा तस्कर समुहबाटै वन गस्ती माथी आक्रमण भएको छ । आक्रमणमा परि २ वन गस्ती गम्भीर घाईते भएको सामाचार प्राप्त भएको छ ।

जिल्लाको करैयामाई गाउँपालिका वडा नं ७ पिपरास्थित गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले संचालन गरेको चिरान मिलमा वन गस्ती माथी आक्रमण भएको हो ।

मंगलबार राती मध्यरातमा काठ तस्करलाई पछ्याउँदै पुगेका वन गस्ती माथी तस्कर समुहले चिरान भित्र आक्रमण गर्दा दुई जना वन रक्षक गम्भीर घाईते भएका हुन् ।

तस्कर समुहले वन गस्तीको राईफल समेत खोसेर मरणनासन्न हुँने गरी कुटपीट गरे पछी प्रहरीको सहयोगमा उनीहरुको उद्दार गरिएको स्थानीयले बताएका छन् । गाँपालिका अध्यक्ष धामीको अगुवाईमा घटना गराईएको श्रोतले बताएको छ ।

वन गस्ती माथी आक्रमण भएको र हतियार खोसिएको खबर आए पछि प्रहरीको टोलीलाई राती नैं परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कलैया बाराले जनाएको छ ।

जिल्लाका प्रहरी नायाब उपरिक्षक गौतम मिश्रका अनुसार गम्भीर घाईते वन कर्मचारीहरुको कोल्हबीमा सामान्य उपचार पछी थप उपचारका लागि बिरगंज पठाईएको छ ।

तस्करले खोसेको राईफल फालिएको अवस्थामा फेला परेको प्रहरी नायाब उपरिक्षक मिश्रले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);