संघीयता कार्यान्वयनसंगै बागलुङबाट स्थान्तरण भएको कृषि ज्ञान केन्द्र पुनः स्थापना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

संघीयता कार्यान्वयनसंगै बागलुङबाट स्थान्तरण भएको कृषि ज्ञान केन्द्र पुनः स्थापना

सुवास आचार्य
बागलुङ, २१ माघ ।
स्थानीय तहको निर्वाचन भइ गाउँ गाउँमा सिंहदरबार पुगेपछि बागलुङ नगरपालिकाले जबर्जस्ती रूपमा कब्जा गरेको कृषि ज्ञान केन्द्रको भवन खालि नगरेपछि साँघुरो कोठामा कार्यालय उद्घाटन गरेर सेवा शुरू गरिएको छ ।

सरकारले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय पुनःस्थापन गरि किसानलाई सहजरूपमा सेवा दिने निर्णय गरेको लामो समयपछि बागलुङमा कार्यलय स्थापना भएको छ । कार्यलयको गण्डकी प्रदेशका कृषि मन्त्री लेकबहादुर थापाले एक कार्यक्रम बिच कृषि ज्ञान केन्द्र बागलुङको उद्घाटन गर्नुभयो ।

संघियता संगै तत्कालिन कृर्षि विकास कार्यलय बागलुङ वाट सरेर पर्वत गएपछी बागलुङ नगरपालिकाले जवरजस्ती कब्जा गरेर बसेकोमा कृषि ज्ञान केन्द्रको लागी खाली नगरेपछी कृषि बिकास कार्यालय संगै रहेको पुरानो ४ कोठे भवनमा कार्यालय स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री थापाले किसान जहिले पनि उपेक्षित हुदै आएको भन्द्र किसानलाई उपेक्षित गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो । किसान नभइ कसैको पनि विहान वेलुका छाक नचल्ने भन्दै किसानलाई अपहेलना गर्न नपाईने मन्त्री थापाको भनाई छ ।

बागलुङ नगरपालिकाले कार्यालय संचालन गर्दै आएको जिल्ला कृषि कार्यालयको भवनमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गर्ने योजना भएपनि नगरपालिकाले भवन खाली नगरेको कारण अहिले पुरानो संरचनाबाट सेवा दिन कार्यालय स्थापना गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको कार्यालय जिल्ला सदरमुकाममा पुनःस्थापन भएपनि भवन गरपालिकाले खाली नगरेको कारणले सेवा लिन समस्या भइ किसानलाई मर्का परेको हुदा तत्काल नगरपालिकाले भवन खाली गरेर सहयोग गर्नुपर्ने सिम्रिक कृषि सहकारी संस्था लिमिटेडका थानेश्वर सुवेदीले बताउनुभयो ।

किसानको सरोकार राख्ने कृषि ज्ञान केन्द्र बागलुङको भवनमा नगरपालिका कार्यालय स्थापना गरी खाली नगरेको कारण समस्या भएको हुदा यसलाई तत्काल खालि गरी संचालन गर्ने वातावरण बनाउन जरुरी रहेको कृषक हरुको माग छ । बागलुङ नगरपालिकाले अहिले प्रयोग गर्दै आएको भवन कृषि बिकास कार्यालयको हो भवन खाली नगरिदिदा सेवा लिन गार्हो हुने कृषक हरुको माग छ ।

कृषि ज्ञान केन्द्रको भवन उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर तथा प्रमुख कार्यकारी उपस्थीत भएका थिएनन् । बागलुङ नगरपालिकाले वडा नम्बर तीन रातमाटामा रहेको आफ्नो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहि जानको लागि गाह्रो पर्ने भएको भन्दै २०७५ मंसिर २७ गते बागलुङ बजारमा रहेका तीन सरकारी कार्यालय जबरजस्ती ओगटेर सेवा सुरु गरेको थियो ।

बजारभन्दा केहीमाथि रात्माटामा आफ्नै भवनमा रहेको कार्यालयबाट सेवा सञ्चालन गरिरहेको नगरपालिकाले बजारबाटै सेवा प्रवाह गर्न कृषि ज्ञान केन्द्र, महिला तथा बालबालिका कार्यालय र भू–संरक्षण कार्यालयमा बोर्ड टाँगेर सेवा सुचारु गरेको थियो ।

बागलुङ नगरपालिकाले जबर्जस्ती कब्जा गरेर बसेको कृषि ज्ञान केन्द्रको भवन खालि नगरेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशले बागलुङ नगरपालिकालाई कृषि कार्यालयको भवन खाली गरिदिन निर्देशन दिएको थियोे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);