बाघको आक्रमणबाट दुई व्यक्ति घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाघको आक्रमणबाट दुई व्यक्ति घाईते

parbat baagh

पर्वत, २ जेठ । पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा बाघको आक्रमणबाट दुई व्यक्ति घाईते भएका छन् ।

बिहीबार साँझ खेतमा काम गरिरहेको अवस्थामा एक्कासी बाघले आक्रमण गर्दा जलजला ८ फर्सेका ५६ बर्षीय गोविन्द बहादुर केसी घाईते भएका हुन् । खेतमा काम गरिरहेको अवस्थामा केसीलाई बाघले आक्रमण गरेपछि उनलाई बचाउन जाने क्रममा ३४ बर्षीय कृष्ण परियार समेत सामान्य घाईते भएका छन् ।

बाघको आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ । आक्रमण गरेपछि आफुले घाटी थिचेको कारण बाघको मृत्यु भएको केसीको भनाई छ । मृत्त बाघलाई शव डिभिजन वन कार्यालय कालिगण्डकी फर्सेमा बुझाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);