बाघको आक्रमणबाट दुई घाइते, एक वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाघको आक्रमणबाट दुई घाइते, एक वेपत्ता

रौतहट, १४ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ घास काट्न जंगल गएका स्थानीय ३० वर्षीय संगम भण्डारी जंगलमा बेपत्ता भएपछि खोजी गर्न गएका उनीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते हुनेहरुमा ३४ वर्षीय प्रविन श्रेष्ठ र ३० बर्षीय अशोक थापा रहेका छन् । घाइते दुवैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र गाउलको टोली हराइरहेका भण्डारीको खोजी गर्न गएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);