डडेल्धुरामा ३ सय घरपरिवारलाई राहात वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेल्धुरामा ३ सय घरपरिवारलाई राहात वितरण

डडेल्धुरा, १ असोज । डडेल्धुराका एक स्थानीय समाजसेवीले ले ३ सय घरपरिवारलाई खाद्य समाग्री वितरण गरेको छन् । डडेल्धुराका अमरगढी नगरपालिका वडा नं ६ का धर्मराज ताम्राकारले सोही वडा भित्र रहेका ३ सय घरपरिवारलाई खाद्य समाग्री वितरण गर्नुभएको हो । कोरोना महामारीले पारेको प्रभावलाई मध्यनजर गर्दै ताम्राकारले आफ्नै घर छचौडामा बोलाएर वडा नम्बर ६ का सबैलाई राहत समाग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक प्याकेट नुन वितरण गरिएको छ । कोरोना महामारीका कारण अधिकाशं स्थानीयको रोजगारी गुमेकोले गुजरा गर्न निकै नै समस्या भएको छ । यस्तो अवस्थामा केहि दिनका लागि भए पनि राहत स्वरुप खाद्य समाग्री पाउदा स्थानीय खुसि भएका छन । रोजगार ठप्प भएसँगै आर्थिक आम्दानीको बाटो बन्द भएकाले डडेल्धुराका युवाहरु निराश भएका छन । रोजगारी गुमेर दैनिकी गुजारा चलाउन समस्या भएकाहरुलाई सरकारले सहयोग गर्नुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);