मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मनाङमा बाढीपहिरोबाट क्षतिग्रस्त घरको पुनर्निर्माण सुरु

लमजुङ । मनाङको नासों गाउँपालिका-१ तालगाउँमा गत जेठ र असारमा आएको बाढीपहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरुप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख  र गण्डकी प्रदेश सरकारबाट २ लाख उपलब्ध गराइसकेको बताए ।

सम्बन्धित वडा कार्यालयबाट सम्झौता गरी घर बनाउन नेपाल सरकारबाट किस्तावन्दीमा ५ लाख  र जग्गा नहुनेलाई गाउँपालिकाको सिफारिसमा थप ३ लाख  उपलब्ध गराइने प्रजिअ आचार्यको भनाइ छ । उनका अनुसार सम्बन्धित घरमूलीसंग यथाशीघ्र घर बनाउने सम्झौता गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा पठाउन मनाङको नार्पाभूमी गाउँपालिका, ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र नासों गाउँपालिकालाई पत्र समेत पठाइएको छ । मनाङमा क्षति पुगेका ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरीसकेकोे छ ।

आचार्यले नासों गाउँपालिकाको ३९ घरपरिवार, चामे गाउँपालिकाको ९ घरपरिवार, नार्पाभुमी गाउँपालिकाको ७ घरपरिवार र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ । मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउने प्रजिअ आचार्यले बताए । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि १ करोड ४८ लाख रुपैयाँ बजेट आएको छ । प्रदेश विपद् व्यवस्थापन नियमावली अनुसार १ लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप १ लाख गरी २ लाख रुपैयाँ आएको हो । नासों गाउँपालिका १ का अध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको ७ घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुगेकाे छ । यसमा पूर्ण क्षतिभएका ४४ घर छन् । आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);