रात्रीकालिन व्यवसायी संघद्धारा रोजगारी गुमाएका श्रमिकलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रात्रीकालिन व्यवसायी संघद्धारा रोजगारी गुमाएका श्रमिकलाई राहत वितरण

काठमाडौँ। काठमाडौँ रात्रीकालिन व्यवसायी संघद्धारा कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकलाई राहत वितरण गरेको छ। लगातार एक सातादेखि रात्रीकालिन संघले रोजगार गुमाएर घरमै बसेका कर्मचारीलाई राहत वितरण गर्दे आएका हो ।

रात्रीकालिन मनोरञ्जन प्रदान गर्ने दोहोरि साँझ, रोदी घर, डान्स बार, डिस्को क्लब लञ्जबारहरु बन्द अवस्थामा रहँदा आफै संकटमा परेका व्यवसायी विगत एकसातादेखी राहतमा खटिएका हुन् ।

रात्रिकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्काले संकटको समयमा राहत वितरण गुर्न मानविय धर्म भएको भन्दै यो समयमा सरकारको मुख ताकेर बस्नुको कुनै औचित्य नभएको बताए।

अध्यक्ष खड्कालले पटक पटक सरकारलाई राहत उपलब्ध गराइदिन आग्रह गर्दे आएपनि सरकारले कानबतास नलगाएपछि रोजगारी खोसिएको श्रमिकको सेवामा आफै समर्पित भएको बताएका छन् ।

रात्रिकालिन व्यवसायी आशिष खड्कासहित दिनेश थापा, सुजन श्रेष्ठ, राजकुमार कार्की, शिव बुढा र नेत्र श्रेष्ठको सक्रियतामा सुरु भएको राहत वितरण कार्यक्रमले अहिले रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायमा आवद्ध मजदुरलाई जेनतेन भोकबाट बच्न सकिने उपाए बनेको छ ।

संघका अनुसार पहिलो प्राथमिकता व्यवसायमा आवद्ध मजदुरलाइ दिएपनि तत्कालै अन्य विपन्न श्रमिकलाई समेत राहत दिने याजना रहेको बताएका छन् । जेठ २४ गतेबाट सुरु भएको राहत वितरण कायक्रम अन्तर्गत ८ सय बोरा चामल, एक हजार केजी दाल, १ सय काटुन तेल, २५ बोरा नुन वितरण गरिएको छ ।

अहिलेसम्म एक हजार विपन्न रात्रीकालिन मजदुरलाई राहत दिइएको संघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);