वडा सदस्य काठ सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

वडा सदस्य काठ सहित पक्राउ

कञ्चनपुर । वेदकोट नगरपालिकाका एक वडा सदस्य काठ सहित पक्राउ परेका छन्। वेदकोट नगरपालिका–१०का सदस्य काठ सहित पक्राउ परेका हुन्। बिहीबार दिउँसो शुक्लाफाँटा निकुञ्ज कार्यालयको टोलीले डम्बरदत्त भट्टलाई काठ सहित वेदकोट नगरपालिका–१० सिद्धनाथ टोलस्थित उनकै घरबाट पक्राउ गरेको रेञ्जर धर्मजित साउँदले जानकारी दिएका छन्।

उनका अनुसार घर नजिकैको नालामाती नगोलियाँ काठ फेला परेको छ। सदस्य भट्टलाई निकुञ्ज कार्यालयको नियन्त्रणमा राखिएको छ। साथै निकुञ्ज कार्यालयले काठ तस्करी बारे थप अनुसन्धान गरिरहेको रेञ्जर साउँदको भनाईछ ।

Leave a Reply