नेपाल प्रवेश गर्‍याे मनसुन, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल प्रवेश गर्‍याे मनसुन, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारबाट मनसुन नेपाल प्रवेश गरेको छ । विभागका अनुसार बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारबाट नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन प्रवेश गरेको छ ।

अबको एक दुई दिनमा नै मनसुन देशैभरी फैलिने सम्भावना रहेको विभागले जनाएको छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);