आइतबारदेखि काठमाडौं प्रशासनको सेवा सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आइतबारदेखि काठमाडौं प्रशासनको सेवा सुरु हुने

cdo office

काठमाडौं, १ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबारदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । प्रशासनले सेवाको प्रकृति र क्षेत्र अनुसार सेवा दिने बारको निर्धारण गरेको छ ।

जसअनुसार महानगर क्षेत्रका नागरिकले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका नागरिकले सोमबार, बुढानिलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिकाका नागरिकले बुधबार र गोकर्गेश्वर, दक्षिणकाली, शंकरापूर र तारकेश्वर नगरपालिकाका नागरिकले शुक्रबार प्रशासन मार्फत सेवा लिन पाउने व्यवस्था गरेको छ ।

त्यसैगरी संघसंस्था दर्ताका लागि सोमबार र बुधबार, नवीकरणका लागि आइतबार, मंगलबार र बिहीबार तथा पत्रपत्रिका दर्ता र विधान संशोधनका लागि शुक्रबारको समय तोकिएको छ ।

प्रशासनले सेवाका लागि आउने नागरिकले स्वास्थ्य सुरक्षा अपनाएर आउन समेत आग्ह गरेको छ । कोरोना संक्रमणको जोखिमको कारण गत साउन २५ गतेदेखि बन्द प्रशासन कार्यालयले आफ्नो सेवा बन्द गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);