टुटुल सेवाको विषयमा बहस शुरु, सर्वसाधारण भन्छन्-सेवा निकै राम्रो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

टुटुल सेवाको विषयमा बहस शुरु, सर्वसाधारण भन्छन्-सेवा निकै राम्रो

motorcycle

अप्सरा गौतम

काठमाडौं, ३ माघ । दुईपाङग्रे सवारी साधनलाई समेत चार पाङग्रे ट्याक्सी जस्तै प्रयोग गर्न थालेपछि टुटुल सेवाको बैद्यानिकता बारे अहिले चर्चा शुरु भएको छ । यातायात व्यवस्था ऐन विपरीत यस्तो काम भइरहेको भन्दै व्यवस्थित गर्नुपर्ने विषयमा बहस शुरु भएको हो ।

शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी जस्तै भाडामा यात्रु ओसार–पोसार गर्ने ५ वटा मोटरसाइकललाई कारबाही ग¥यो । नीजि मोटरसाईकललाई भाडाको यात्रु ओसार्न प्रयोग गरिएको भन्दै ट्राफ्रिक प्रहरीले गरेको कारबाहीको चौतर्फी विरोध भयो । छोटो समयमा यात्रुको मनजित्ने सफल टुटुललाई कारबाही गरेको भन्दै सामाजिक संजाल देखि सरकारको आचोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पुरानै अवस्था टुटललाई चल्न दिन निर्देशन दिएका छन् । तर, यसको बैधानिकताका बारेमा सामाजिक संजाल देखि जताततै बहसको विषय बनेको छ ।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारी साधनले उपदफा–२, बमोजिम भाडाको यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था छ । त्यसैले यसरी संचालनमा आएका सवारी साधन गैरकानुनी भएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । साथै, उनले एप सञ्चालकहरुलाई कानुनी प्रक्रियामा आउन पनि आव्हान गरेका छन् ।

ट्राफिक प्रहरीले मोबाइल एपबाट भाडामा सञ्चालन भएका यस्ता सवारीलाई कारवाही गरेपछी आम सर्वसाधारण भने यसको विपक्षमा छन् । काठमाडौंको सवारी जाम, सार्वजनिक सवारीको चाप, ट्याक्सीको चर्काे मुल्य र सर्वसाधारण समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गरी टुटल एप र पठाओ एपले दिएको सेवा निकै राम्रो भएको सर्वसाधारण बताएका छन् ।

काठमाडौं उपत्यकामा मोबाइल एप प्रयोग गर्ने उपभोक्ताको संख्या बढेपछी भाडामा यात्रु बोक्ने मोटरसाइकलहरुको संख्या धेरै बढेको बताइन्छ । सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरुले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरुले फुर्सदमा केही आयआर्जन गर्ने अवसर पाईरहेका छन् ।

नेपालमा टुटुल सेवा नविनतम प्रविधि र सेवा हो । देशमा नविनतम सेवा नआईरहेको वेला केही यूवाहरुको अगुवामा शुरु भएको यो सेवालाई प्रधानमन्त्रीले देखाएका सकारात्मक पहल सराहानीय छ नै, टुटल सेवालाई अगामी दिनमा झन व्यवस्थित गराउनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);