टुटल र पठाओ सेवामाथि किन बारम्बार प्रश्न ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टुटल र पठाओ सेवामाथि किन बारम्बार प्रश्न ?

pathao-tootle

काठमाडौं, ७ मंसिर । राजधानी काठमाडौंमा आकर्षण बटुलिरहेको टुटल तथा पठाओ सेवामाथि फेरी प्रश्न उठेको छ । एपमार्फत यात्रु सम्पर्क गरी मोटरसाइकलबाट यात्रु ओसारपसार सेवा दिईरहेको ती दुबै सेवा बन्दा गर्न यातायात व्यवस्था विभागले सुचना जारी गरेपछि अहिले यसको पक्ष विपक्षमा बहस सुरु भएको छ ।

शरिरीक रुपमा फरक क्षमताका भरत बिसी यात्रुलाई पठाओ सेवा दिनुहुन्छ । स्नातकोत्तर तहमा अध्ययनरत उहाले यसैबाट नै सबै खर्च जुटाउनुहुन्छ । यो सेवा रोक्न सरकारी निकायले सूचना जारी गरेपछि बिसीलाई अहिले दुःखी बनाएको छ ।

बीसीको दुबै खुटृाले काम गर्दैन । अध्ययन गरेको प्रमाणपत्र छ । तर कमाई गर्ने अर्काे माध्यम नभएपछि बिसीले पठाओ सेवा शुरु गर्नु भयो । तीन पांग्रे मार्फत सेवा दिंदै आएका बिसीको दैनिक १५ सय आम्दानी हुने गथ्र्यो । यदि यो सेवा बन्द भएमा कसरी कमाई गर्ने भन्ने चिन्ताले बिसीलाई अहिले सताइरहेको छ ।

बीसी त एक जना प्रतिनिधि पात्र मात्रै हो । व्यावसायीहरुका अनुसार अहिले नेपालमा झण्डै ५० हजार जति व्यक्तिहरु टुटल पठाओ जस्ता सेवा प्रदायकसँग आबद्धछन् जसमा ४० भन्दा बढी भरत बिसी जस्तै फरक क्षमताका व्यक्ति पनि हुनुहुन्छ । यसरी हेर्दा यी सेवा कम्पनिको माध्यममले ५० हजारले रोजगारी पाएका छन् । सरकार भने यति ठूलो स्वरोजगार सञ्जाललाई बन्द गर्न लागिरहेको छ । सरकारको निर्णयले मर्माहत बनाएको अर्का संचालक आयुष केसी बताउँछन् ।

टुटल र पठाओ सेवाप्रति सर्वसाधारण पनि आकर्षित देखिन्छन । यात्रामा यसले धेरै सहज बनाएको उनीहरु बताउँछन । कलेज जाने तथा कार्यालय जानेहरुले पनि यो सेवा लिइरहेको पाइन्छ ।

यसरी सेवाग्राही र सेवा प्रदायक काम गरिरहेको बेला यातायात व्यवस्था विभागले २०४९ सालको ऐनलाई आधार बनाई सेवा बन्द गर्न भनेको छ । सरकारले कानुनको अपराधमुखी व्याख्या नगरी कानुनी बाटो सहज बनाउनु पर्ने बताउनुहुन्छ संवैधानिक कानुनका जानकार डा. विपिन अधिकारी ।

टुटल र पठाओ कर कार्यालयमा कानुन अनुसार दर्ता भएर संचालनमा रहेका छन् । तर यातायात विभागले अवैध करार गर्नुले स्पष्ट नीतिको अभाव रहेको देखाउँछ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा “निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन“ भन्ने व्यवस्थालाई आधार बनाएको छ ।

ऐनको दफा १२ मा “कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न पाइने छैन“ भन्ने उल्लेख छ । त्यसैलाई टेकेर यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सूचना जारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);