प्यारोडी अकाउन्टमाथि निगरानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्यारोडी अकाउन्टमाथि निगरानी

fake account

काठमाडौं, ८ माघ । सामाजिक सञ्जालमार्फत् जनताका गुनासा र समस्या सुन्दै आइरहेको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारले आफ्नै आधिकारिक ट्वीटर हयान्डलबाट सोमबार एउटा ट्वीट गर्‍यो ।

नक्कली र प्यारोडी अकाउन्ट खोलेर सामाजिक सञ्जालमा सक्रिय रहेकाप्रति लक्षित ट्वीटमा लेखिएको थियो, ‘सामाजिक सञ्जालमा फेक खाता खोली सामाजिक सौहार्द खलल पार्न खोज्नेलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार ।’

हेल्लो सरकारले उक्त ट्वीटसँगै सञ्चार मन्त्रालयले गृह मन्त्रालयका नाममा काटेको पत्रको प्रतिलिपि पनि राखिएको थियो । पुस १८ मा गरिएको पत्राचारमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमा प्यारोडी अकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे स्थिति भयावह हुने भएकाले सामाजिक सौहार्द खलल पार्नेको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्यारोडी अकाउन्टबारे चासो देखाउँदै पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो ।

सरकारी चासोले नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या मात्र बढदो देखिँदैन, बढदो सक्रियतालाई संकेत गर्छ । केही दिनअघि ट्राफिक प्रहरीले टुटल र पठाओजस्ता अनलाइनमा आधारित यातायात प्रणालीमा बन्देज लगाएसँगै सामाजिक सञ्जालबाट चर्को विरोध भएको थियो । त्यसलगत्तै प्रधानमन्त्री केपी ओलीले यातायातमन्त्री रघुवीर महासेठलाई टुटल र पठाओ बन्द नगर्न आदेश दिएका थिए ।

मन्त्रालयले सचिवस्तरीय निर्णय नै गराएर गृह मन्त्रालयलाई पत्राचार गरेबाटै बुझ्न सकिन्छ, सामाजिक सञ्जालको बढदो शक्ति सरकारका निम्ति पनि टाउको दुखाइको विषय बनेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);