पत्रकार महासंघका पूर्वपदाधिकारीहरू सडकमा : सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय फिर्ता गर्न माग | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

पत्रकार महासंघका पूर्वपदाधिकारीहरू सडकमा : सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय फिर्ता गर्न माग

काठमाडाैं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु निष्क्रिय पारेको विरोधमा नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।

सामाजिक सञ्जालमा नियन्त्रण लाद्न खोज्नु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष प्रहार भएको भन्दै निर्णय फिर्ता लिन उनीहरुको माग छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई भदौ १८ देखि निष्क्रिय पार्ने निर्णय गरेको थियो ।

सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णय कार्यान्वयनमा समेत गइसकेको छ ।

सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको परमादेशका आधारमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको हो । सरकारको निर्णयको सत्तारुढ दलकै नेता र नागरिक समाजले आलोचना गरिरहेका छन् ।

 

 

Leave a Reply