किसानले सडकमा फाले काउली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

किसानले सडकमा फाले काउली

sadakma tarkari fale

सिन्धुपाल्चोक, ८ माघ । पाँचखालका किसानले धुलिखेलको सडकमा लगेर आफूले उब्जाएको काउली फालेर विरोध प्रदर्शन गरेका छन् । इँटाभट्टाको प्रदूषणका कारण आफूहरूले उब्जनी गरेको काउली कालो भएकाले बिक्री नभएको भन्दै उनीहरूले विरोधस्वरूप सोमबार दिउँसो धुलिखेलको सडकमा फ्याँकेका हुन् । इँटाभट्टाको धुवाँधुलोले काउली कालो भएपछि बिक्न छाडेको उनीहरूको गुनासो छ । काउली बेच्न काठमाडौंको कालीमाटी तरकारी बजार लैजाँदा कालो भएका कारण बिक्री नभएर फिर्ता ल्याएको किसानहरूको भनाइ छ ।

इँटाभट्टा सञ्चालकद्वारा किसानमाथि हातपात

पाँचखालमा उत्पादित तरकारीको मुख्य बजार काठमाडौं उपत्यका हो । केही समययता इँटाभट्टाकै कारण पाँचखालमा तरकारीखेती कम हुन थालेको र उत्पादित तरकारी पनि बिग्रिएपछि किसान चिन्तित हुँदै आएका थिए । लामो समयदेखि पाँचखालका किसानले इँटाभट्टा हटाउनुपर्ने भन्दै विरोध गरिरहेका थिए । तर, इँटाभट्टाको विरोध गरेको भन्दै केही समयअघि सुवर्णेश्वरी इँटाभट्टाका सञ्चालकले स्थानीय दुई किसानलाई कुटपिट गरेको आरोप लगाएका छन् । गाउँकै एक घरमा चौरासीमा बसिरहेको ढकनारायण पराजुली र पुरुषोत्तम पराजुलीलाई ६ जनाले कुटपिट गरेका थिए ।

इँटाभट्टाका कारण तरकारी खेतीमा असर

पाँचखाल नगरपालिकामा सञ्चालित विभिन्न इँटाभट्टाका कारण किसानले लगाएको तरकारीखेतीमा असर पुगेको किसानको आरोप छ । भट्टाबाट निस्केको धुवाँधुलोका कारण किसानले लगाएको विभिन्न प्रकारका तरकारी कालो भई बिक्री नभएकाले आन्दोलनमा उत्रनु परेको पाँचखाल–७ श्रीरामपाटीका कृष्णप्रसाद ढकालले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);