उत्पादनले बजार नपाएपछि, सुनसरीका किसान बारीमा गाईभैंसी चराउन बाध्य : भिडियो सहित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उत्पादनले बजार नपाएपछि, सुनसरीका किसान बारीमा गाईभैंसी चराउन बाध्य : भिडियो सहित

सुनसरी,१ असार । स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएपछि सुनसरीका कृषकहरुले तरकारी बारीमा नै चौपाया चराउन थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण बजार नपाएपछि जिल्लाको भोक्रहा गाउँपालिकाका वडाका कृषकले तरकारी बारीमा गाई भैंसी चराउन थालेका हुन् ।

सुनसरीमा उत्पादित स्थानीय तरकारीले बजार पाउन नसकेपछि किसानहरू मर्कामा परेका छन्। विगतमा नगदे तरकारी बालीबाट राम्रो आम्दानी गर्दै आएका कृषकहरु लामो समयको बन्दाबन्दीको कारण मारमा परेका हुन् । बन्दाबन्दी केहि खुकुलो भएपनि वर्षातको समय सुरु भएकाले सबै तरकारी नष्ट भएको किसानको दु:खेसो छ । धानबाली लगाउने समय सुरु भईसकेकोले बारीमा गाई, भैंसी बाख्रा चराउन बाध्य भएको किसानले बताएका छन् ।

किसानले लगाएको गोलभेडा, कोबी, काउली, मूला, परबल, गाजर, फर्सी, आलु लगायतका कुनैपनि तरकारीले बजार पाउन नसकेको किसानहरूकाे गुनासाे छ। स्थानीय गाउँपालिकाले समेत  सहयोग र राहत नदिएको उनीहरू बताउछन्।

गाउँमा रहेको विद्यालयमा क्वारेन्टीन बनाइएको छ । त्यसैले, मानिसकाे छेउछाउ जान स्थानीयहरु डराईरहेका कारण पनि  उत्पादीत तरकारीले बजार पाउन नसकेकाे किसानहरूकाे भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);