अछाममा उत्पादित तरकारीले बजार नपाउँदा कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अछाममा उत्पादित तरकारीले बजार नपाउँदा कृषक चिन्तित

achham tarkari kheti

शुशील भण्डारी
अछाम, १५ माघ  । अछाम जिल्लाका ग्रामीण क्षेत्रमा तरकारी उत्पादनमा वृद्धि भएपनि बजार नपाउँदा कृषकहरु चिन्तित भएका छन् । गाउँ गाउँमा मोटर बाटो पुगेपनि बारीमा उत्पादन भएको तरकारीको उचित मुल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।

अछामको तुर्माखाद गाउँपालिकाका विभिन्न स्थानमा कृषकहरु विगतमा आफुलाई पुग्ने मात्र तरकारी उत्पादन गर्दै आएका थिए । तर, अहिले व्यवसायीक रुपमा तरकारी खेती गरेका छन् । जिल्लामा कृषकहरु केही समय यता, यसरी व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएपनि बजार र मुल्य नपाउँदा समस्या भएको कृषकहरुको गुनासो छ ।

तरकारीले उचित बजार र मूल्य नपाउँदा किसानहरुले उत्पादन गरेको तरकारी सस्तोमा बेच्न बाध्य छन् । गाँउपालिकाले कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा कृषकहरुलाई भेला गराई सहकारी संगै जोडेर तालिम संचालन गरेको थियो । उत्पादित तरकारीको निर्यात तथा खपतको व्यवस्थाको लागि प्रक्रिया शुरु भइसकेको गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।

कृषकहरु व्यावसायिक खेती तर्फ आकर्षित भए पनि बजारीकरणको अभावले उनीहरुको उत्पादनले उचित मुल्य पाउन सकिरहेको छैन । शीत भण्डार र बाहिरी जिल्लाहरुमा ढुवानीको व्यवस्था नहूँदा तरकरी कृषकहरु मर्कामा परेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);