कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएपनि बजार व्यवस्थापन नहुँदा मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएपनि बजार व्यवस्थापन नहुँदा मारमा

tarkari

दार्चुला, १० जेठ । दार्चुलाका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएपनि बजार व्यवस्थापन नहुँदा मारमा परेका छन् । तरकारी बिक्री गर्न बजार नहुँदा कृषकहरु डोको र बोरामा बोकेर बेच्न बाध्य छन् ।

पछिल्लो समय दार्चुलाका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तर उत्पादन गरेको तरकारीले बजार पाउन नसकेको कृषकहरुको गुनासो छ । तरकारी बिक्री गर्न बजार नहुँदा कृषकहरु डोको र बोरामा बोकेर बेच्न बाध्य छन् ।

दार्चुलाका कृषकहरुले फर्सि, काक्रो, लौकी, सिमी, भिन्डी, गोलभेडा उत्पादन गर्ने गरेका छन् । त्यस्तै दार्चुलाको हिमाली क्षेत्रको जंगलबाट कृषकहरुले संकलन गरेर ल्याएको निउरो, रुगी, हेटो काफलले पनि बजार पाउन सकेको छैन ।

जंगलबाट तरकारी संकलन गरेर बालबालिकाले पढाइ खर्च जुटाउने गरेका छन् । प्रत्येक सिजनमा कृषकहरुले तरकारी खेतीबाट ६० हजारसम्म आम्दानी गर्ने गरेका छन् । कृषकहरुले आधुनिक तरकारी खेतीका लागि प्रविधि, बिउ, सिंचाइ र बजारको व्यवास्थापन गर्न माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);