जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित

junar

बिमल जैरु

डडेल्धुरा, २० फागुन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराका किसानहरुले उत्पादन गरेको जुनारले बजार नपाउँदा कृषकहरु चिन्तित भएका छन् । बजार नपाउँदा डडेल्धुरामा लाखौँ रुपैयाँको जुनार सित भण्डारमै कुहिएको छ । डडेल्धुरास्थित उग्रतारा सित भण्डारमा राखिएको पाँच लाख रुपैयाँ बराबरको जुनार विक्रीका लागि बजार नपाएर कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।

डडेल्धुरामा रहेको सितभण्डारमा राखिएको करिव २ सय क्विन्टल जुनार कुहिएर सखाप भएको छ । बाँकी जुनारले पनि बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । सुरक्षित भण्डारण गरी बेमौसममा बिक्रि गर्न राखिएको जुनारले बजार नपाएर कुहिन थाल्दा आफूहरुको मेहेनतको मुल्य समेत नपाएको किसानको गुनासो छ ।

कुहिएको जुनार गाईगोरुलाई खुवाउन पनि नहुँने भएकाले व्यवस्थापनका लागि समेत स्थानीयलाई समस्या भएको छ । कृषकहरुले जुनार भण्डारण गर्नका लागि सित भण्डारमा ल्याएको झण्डै दुई महिना हुन लाग्दा पनि बजार नपाउँदा कृषकहरु मर्कामा परेका छन् । सितभण्डारणका अध्यक्ष भोजराज भट्ट ।

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका ५ शिराड जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । सुदुरपश्चिमका पहाडि जिल्लामा सबैभन्दा बढी जुनार डडेल्धुरामा उत्पादन हुने गरेको छ । डडेल्धुरामा उत्पादित जुनार विक्रीका लागि धनगढी र कञ्चनपुर प्रमुख बजार हो । त्यहाँ उत्पादित जुनारलाई राजधानी काठमाडौं र अन्य मुख्य शहरसम्म पु¥याउन सके कुहेर खेर जाने अवस्थाको अन्त्य हुने थियो । अनि मुलुकलाई फलफुलमा आत्मनिर्भर बनाउने सरकारको अभियानमा कृषकमा उत्साह बढ्न जान्थ्यो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);