विभिन्न बाहानामा शान्ति खलबल्याएर हिंसातर्फ धकेल्ने गतिबिधि भईरहेको छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८३, मंगलबार

विभिन्न बाहानामा शान्ति खलबल्याएर हिंसातर्फ धकेल्ने गतिबिधि भईरहेको छ : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बाहानामा शान्ति खलबलाउने प्रयास भईरहेको भन्दै मुलुकलाई हिंसामा धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने बताएका छन् ।

शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा मंगलबार हलचोकस्थित शसस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा हिंसा फैलाउने, जनतालाई आतंकित पार्ने र शान्ति सुव्यवस्था छैन भन्ने अवस्था श्रृजना गर्ने काम भईरहेको बताए । उनले राष्ट्रिय अखण्डतालाई चुनौती दिने प्रयास भईरहेको उल्लेख गर्दै मुलुकलाई हिंसामा लैजाने र निरंकुशता तर्फ धकेल्ने कुनै पनि कार्य सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

शान्ति प्रक्रियाका अवशेषहरुलाई बल्झाउने प्रयास भईरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस किसिमका काम हुन नदिने बताए ।