साम्प्रदायिक हिंसा भड्काई नेपाललाई अशान्त बनाउने प्रयास भईरहेको छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

साम्प्रदायिक हिंसा भड्काई नेपाललाई अशान्त बनाउने प्रयास भईरहेको छ : प्रम ओली

pm kp oli

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साम्प्रदायिक हिंसा भड्काई नेपाललाई अशान्त बनाउन प्रयास भईरहेको भन्दै त्यसप्रति सर्तक र सचेत हुन स्थानीय सरकारलाई निर्देशन दिएका छन्।

गाउँपालिका राष्ट्रिय महासंघको शनिबार राजधानीमा सुरु भएको राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको अहित हुने गरि सामाजिक सद्भाव भड्काउने काम भईरहेको भन्दै सबैलाई सचेत र सर्तक रहन निर्देशन दिएका छन् ।

उनले निकै ठूलो संघर्ष पछि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्धि तर्फ पाईला चालेको समयमा नेपाल र नेपालीलाई विभाजित गर्ने षडयन्त्र नेपाललाई सैह्य नहुने चेतावनी दिए ।

जातजाति र भाषा भाषिबीच बैमनश्य पैदा गरि नेपाली समाजमा बिष छर्ने काम भईरहेको भन्दै उनले स्थानीय सरकारका प्रतिनिधिलाई सर्तक र सजग हुन निर्देशन दिए । साथै सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा एकजुट हुन पनि उनले आव्हान गरे ।

प्रधानमन्त्रीले बैशाखको पहिलो साता हुने विद्यार्थी भर्ना अभियानलाई सफल पार्न आव्हान समेत गरेका छन् ।

व्यवस्था परिर्वतनले मात्रै नहुने भन्दै उनले स्थानीय जनप्रतिनिधलाई सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभुति जनतालाई महसुस भयो भएन भन्नेमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।

तात्कालिन गाउँ विकास समिति महासंघ मुलुक संघियतामा गएपछि गाउँपालिका राष्ट्रिय महासंघमा परिणत भएको हो । एक हजार बढी जनप्रतिनिधी सहभागी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै विकास र सुशासनका विषयमा व्यापक छलफल गरि आपसी सहकार्यका लागि संयन्त्र तयार गर्ने बताईएको छ ।

महाधिवेशनमा सबै गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको सहभागिता रहेको छ । त्यसैगरी वडा अध्यक्ष र एक जना सदस्य प्रतिनिधिका रुपमा सहभागी भएका छन् ।