शान्ति र अमन चयन भड्काउने काम स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शान्ति र अमन चयन भड्काउने काम स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

oli

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।  बिहिबार २६ सय १७ औं महावीर जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले कसैले आफ्नो स्वार्थ, अंहम र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नहुने बताए । समाजलाई भड्काएर, उचालेर, कुबाटोमा धकेल्ने तत्व हावी हुँदै गएको भन्दै प्रधानमन्त्री ओलीले शान्ति, सद्भाव र मित्रताको सिद्धान्तको पक्षमा उभिन आह्वानसमेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भईरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने बताए । उनले सनातन मुल्य मान्यताको परिधिभित्र रहेर सह-अस्तित्वको अभियानलाई सबैले आ–आफ्नै स्थानबाट संकल्पका साथ अघि लैजानुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);