कुटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कुटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्री ओलीको ब्रिफिङ

Oli-briefing

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकताका बारेमा कुटनीतिक नियोगका प्रमुखहरुलाई जानकारी गराएका छन् । कुटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधिहरुलाई आज बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रम ६ वटा आधारभूत स्तम्भबाट निर्देशित हुने स्पष्ट पारे ।

उनले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा मुख्य आधारस्तम्भ रहेको प्रष्ट्याए ।

राष्ट्रियताले नेपालको सार्वभौमसत्ताको संरक्षण, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वार्थको परिपूर्ती गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतन्त्र अर्को आधारस्तम्भ भएको भन्दै ओलीले दिगो लोकतन्त्र नेपालबाट कसैले खोस्न नसक्ने बताए । समानतामा आधारित सामाजिक न्याय विना दिगो शान्ति र समृद्धि हासिल गर्न नसक्ने बताउँदै ओलीले अनेकतामा एकता नै नेपाली समाजको सामाथ्र्य भएको बताए ।

‘कुटनीतिक ब्रिफिङ’मा प्रधानमन्त्री ओलीले गएको एक दशकमा नेपालको ऐतिहासिक रुपान्तर भएको दाबी गर्दै यसको प्रभाव राष्ट्रिय जीवनका हरेक क्षेत्रमा परेको बताए । उनले निर्वाचित निकायमा महिलाको ४१ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन नेपाल सफल भएको पनि जानकारी गराए । अब छिट्टै ९ प्रतिशतको अन्तर पनि मेटाउने प्रधानमन्त्री ओलीले घोषणा गरे ।

प्रधानमन्त्री ओलीले दुई छिमेकी चीन र भारतसँगको सम्बन्ध अझै प्रागाढ बनाउने बताए । तर, अनावश्यक हस्तक्षेप सह्य नहुने आशयमा ओलीले सकारात्मक स्वार्थहरुको सम्मान गरेपनि त्यहाँभन्दा बढी स्वीकार्य नहुने बताए । विकास साझेदारहरुबाट प्राप्त सहयोगलाई स्वीकार गर्दै यसलाई व्यवस्थित बनाउने उनको भनाइ थियो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विकासमा साझेदार मुलुकहरुसँगको सम्बन्ध सरकारले थप प्रागाढ बनाउन चाहेको बताए । वर्तमान सरकारको प्रमुख लक्ष्य नै दिगो शान्ति र विकास भएको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायले सरकारलाई लक्ष्यप्राप्तिमा सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । बैठकमा इयुको पछिल्लो प्रतिवेदनको विषयले भने प्रवेश पाएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);