भारत र चीनसँगको सम्बन्धलाई अझै दरिलो र भरिलो बनाउन चाहन्छु : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारत र चीनसँगको सम्बन्धलाई अझै दरिलो र भरिलो बनाउन चाहन्छु : प्रम ओली

काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विदेश नीति स्पष्ट रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर रहेको पनि बताएका छन् ।

उनले भारत र चीनसँगको सम्बन्धलाई अझै दरिलो र भरिलो बनाउन चाहेको बताए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेश नीतिलाई बलियो बनाउन मित्रतापूर्ण सम्बन्ध कायम गर्नुपर्ने बताए ।

उनले समानताका आधारमा नेपालले दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्धलाई अझै उँचाईमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपालको विदेश नीति मित्रतामा आधारित हुने स्पष्ट पारे । उनले मित्रतापूर्ण सम्बन्ध नै विदेश नीतिको मूल चुरो भएको उल्लेख गरेका छन् । सरकार समानतामा आधारित विदेश नीतिको पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

उनले राष्ट्रिय हित र मुलुकको आर्थिक कूटनीतिलाई बलियो बनाउने सूत्र पनि मित्रतापूर्ण सम्बन्ध नै भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि मुलुकप्रति भैरभाव नराख्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्धका विविध आयाम समेटिएको पुस्तक पनि विमोचन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);