सरकारद्वारा १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारद्वारा १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप

pm office nepal

 जिसस संयोजक र गाउँपालिका अध्यक्षलाई विशेष राहदानीको व्यवस्था

काठमाडौं, १२ चैत । सरकारले १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले रक्षा मन्त्रालयको प्रस्ताव अनुसार १३ महासेनानीको म्याद दुई वर्षका लागि थप गर्ने निर्णय गरेको सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकले संघीय संरचनामा जिल्ला समन्वय समितिका संयोजक र गाउँपालिका अध्यक्षका लागि विशेष राहदानीको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेला देशका बिभिन्न स्थानका बम बिष्फोटमा परी घाइते भएकाहरुको उपचार खर्च अस्पतालको बील हेरेर सरकारले नै ब्यहोर्ने निर्णय समेत गरेको सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले कैलालीको रानी जमारा सिंचाइ परियोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुलाई क्षतीपूर्ति दिने भएको छ । त्यस्तै सरकारले घरबहाल सम्बन्धी दोहोरो कर प्रणालीलाई हटाउने भएको छ ।

बैठकले प्रधानमन्त्रीको जनसम्पर्क अधिकृतमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा डाक्टर कुन्दन अर्याललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणबारे भने केही निर्णय नभएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए । यसबारे पछि निर्णय हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);