विदेशमा भएका नागरिकका सन्तानले अब ४ वर्षका लागि राहदानी पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २६ भदौ । विदेशमा रहेका नेपाली नागरिकका सन्तानले अब ४ वर्षका लागि राहदानी पाउने भएको छ ।

 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बढीमा चार वर्षका लागि राहदानी जारी गर्ने निर्णय गरेको हो ।

 

सरकारले यसअघि विदेशमा रहेका नावालकहरूको हकमा दुर्इ वर्षका लागि आवधिक राहदानी दिने व्यवस्था गरेको थियो । सोही व्यवस्थामा म्याद थप गरेर ४ वर्षको बनाईने भएको हो । विदेशमा रहेका नागरिकका सन्तानले वालिग भएपछि नागरिकता बनाउनुपर्ने छ र नागरिकता लिएपछि १० वर्षे अवधिसहितको पासपोर्ट बनाउन सकिनेछ ।

 

अभिभावक विदेशमा भएकै कारण नागरिकता बनाउन नपाएको र राहदानीको पनि म्याद सकिएको भन्दै गुनासो आएपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);