हवाई टिकट लिनेको घुँइचो, भरपर्दो सडक यातायात नहुँदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुजन बज्राचाय, २६ भदै, संखुवासभा ।

वर्षायाममा सडक यातायात भरपर्दो र सहज तरिकाले सञ्चालन नहुँदा हवाई यात्रा यात्रुको बाध्यता हो । चाडपर्व नजिकिँदै गर्दा हवाई यात्रुको चापसमेत बढ्छ । तर, जहाज पर्याप्त नहुँदा संखुवासभाको तुम्लिङटारमा टिकट पाउन जहिल्यै सकस छ ।

संखुवासभाको सभाखोलाबाट हिले जाने कच्ची सडक र चैनपुर–वसन्तपुर हुँदै जाने कालोपत्रे सडक भत्किएपछि तुम्लिङटार विमानस्थलमा टिकट लिनेको चाप बढेको छ । कच्ची सडकबाट काठमाडांै पुग्न दुई दिन लाग्ने भएकाले अधिकांश यात्रु हवाई यात्रा रोज्न बाध्य छन् । गाडीबाट समयमा नपुगिने अवस्थाले भाडा महँगो भए पनि हवाई सेवा रोज्नु यात्रुको बाध्यता हो ।

बिरामीलाई गाडी वा एम्बुलेन्सबाट धरान र विराटनगर लैजान पनि त्यति सहज छैन । सडक कच्ची भएकाले टाढाका अस्पतालसम्म बिरामी लैजाँदा धेरै खर्च हुन्छ । १४ सय मिटर लामो विमानस्थलको उचाइ समुद्री सतहबाट चार सय ५७ मिटर छ । यो विमानस्थलमा एटिआर ४७ सिटसम्मका जेट इन्जिन भएका जहाज अवतरण हुन सक्छन् । यात्रुको मागलाई ध्यानमा राखेर तुम्लिङटारमा सञ्चालन भइरहेको निजी एयरलाइन्सले दशैंका लागि भने थप उडान गर्ने बताएको छ ।

चार वर्षअघि धावनमार्ग कालोपत्रे भएसँगै निजी एयरलाइन्सका बुद्ध र यतिले दैनिक उडान भर्दै आएका छन् । यात्रुको चाप थेग्न नसकेपछि यी एयरलाइन्सले सातामा चार वटासम्म उडान भर्ने गरेका छन् । बुद्धले दैनिक १८ र यतिले २८ जनाका दरले यात्रु बोक्ने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);