बैतडीमा अझै पनि कहालीलाग्दो बालविवाह हटेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैतडी, २६ भदौ । मानिसको सर्वाङ्गीण विकासको प्रमुख समस्याका रुपमा बालविवाहलाई पनि लिने गरिन्छ । तर, बालविवाह अन्त्यका लागि भइरहेका सरकारी तथा गैरसरकारी प्रयास निरर्थक भइरहेका छन् । बालविवाह अन्त्यका लागि बैतडीमा सरकार र विभिन्न गैरसरकारी संघ–संस्थाले लाखौं खर्च गरिरहे पनि परिणाम भने त्यति सकारात्मक छैन ।

बैतडी जिल्ला नेपालकै सबैभन्दा बढी बालविवाह हुने जिल्लाहरुमध्ये छैटौं नम्बरमा पर्छ । गरिबी, सामाजिक अन्धविश्वास र आधुनिक प्रविधिको दुरुपयोगका कारण बैतडीमा बालविवाहले जरो गाड्दै गएको छ । तथ्यांकअनुसार बैतडीमा ६० प्रतिशत विवाह, विवाह–योग्य उमेरभन्दा सानो उमेरमा हुने गरेको छ । विद्यालय जाने उमेरमा मात्रै यहाँका १८ प्रतिशत किशोरीले बच्चा जन्माउने गरेका छन् । सरकार र विभिन्न संघ–संस्थाले बालविवाह रोक्न काम गरिरहेको दाबी गरे पनि सामाजिक सञ्जालको दुरुपयोग, गरिबी र चेतनाको अभावमा बालविवाह मौलाइरहेको छ ।

कानुनतः २० वर्षभन्दा कम उमेरमा विवाह गर्न÷गराउन पाइँदैन । बालविवाहले किशोरी तथा महिलाले बनाएका विभिन्न योजना सफल नहुनेमात्र होइन, उनीहरुको सर्वाङ्गीण विकासमा समेत नकारात्मक प्रभाव पार्ने भन्दै स्थानीय तहहरुले बालविवाह अन्त्यका लागि आवाज बुलन्द पार्ने भएका छन् ।

बालविवाह नियन्त्रणकै लागि संयुक्त राष्ट्र संघ जनसंख्या कोषको सहयोगमा बैतडीमा १४ वटा किशोरी वृत्त गठन गरिएका छन् । किशोरी वृत्तले केही बालविवाह रोकेका पनि छन् । तर, यो पर्याप्त छैन । बालविवाहले मानव विकासमा समस्या हुने भएकाले यसको नियन्त्रणका लागि कानुन कार्यान्वयनका साथै सामाजिक चेतनाको विकास आवश्यक छ ।

बालविवाहले महिला साक्षरतामा प्रभाव पार्नुका साथै कुपोषण, पुठ्कोपना, आङ खस्ने लगायतका समस्यासमेत देखिने गरेको छ । बालविवाहसँगै घरेलु हिंसाका घटना पनि बढ्ने भएकाले सरोकारवाला निकायले बालविवाह अन्त्य गरी सामाजिक विकासको वाटो तय गर्न ढिलाइ गर्नु हुँदैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);