Our Network

माघ ६ २०७८, बिहीबार

देश छोड्न चाहाने नागरिकहरुको लाईनले देशको जरजर अबस्था उजागर गरेको छ

राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भिड बढेपछि नागरिकहरु राति १ बजेदेखि नै लाइन बस्ने गरेका छन् । हुन त राहदानी विभागले ई–पासपोर्ट आउन लागेकोले अति महत्वपूर्ण नभई पासपोर्ट नबनाउन भनेको छ ।

तर पछिल्लो समय सेवाग्राहीहरु अमेरिका जानको लागि इ–डिभी भर्न धमाधम राहदानी बनाइरहेका छन् । पढाइ होस वा कामको सिलसिलामा हरेक दिन देश छोडन तम्तयार रहेका नागरिकको संख्याले देशमा विकासको आँधीहुरी ल्याए भन्ने नेताहरुलाई गिज्याइरहेको छ ।

राजनीतिक परिवर्तन पछि देसमा शान्ति र अमचयनको अपेक्षा सहित अब त देशभित्र बस्न गरिखाने वातावरण बन्लाकि भनेर आस गरेका जनताहरु आज कामको खोजिमा विदेसिन बाध्य छन। विदेस जान चाहाने नागरिकहरु हरेक दिन राहादानी विभाग धाउने गरेका छन। राती देखि नै पासपोर्ट बनाउन सेवाग्राहीहरु लामबद्ध लाइनमा बसेका हुन्छन।

भिड यति सम्म बढेको छ कि लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको देखिन्छ। राहदानी विभागदेखि लैनचौरसम्म यति धेरै सर्वसाधरण लाइनमा बस्नुको प्रमुख कारण हो, हरेक बर्ष जस्तै यस पटक पनि अमेरिकाले डिभीमार्फत आफ्नो देशमा आउन चाहनेका लागि आवेदन खुला गरेको छ। र डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य गरिएको छ। जसले गर्दा विगतमा युवाहरुको लाइन देखिने राहादानी परिसरमा अहिले पाका नागरिकहरु समेत लाइनमा लागेको देखिन्छ।

सिधा भाषामा भन्दा यो भिड नेपाल छोड्न चाहाने नागरिकहरुको हो। हामी चर्को राष्ट्रियताका कुरा गर्छौ। देशभक्तिका कुरा गरेर थाक्दैनौ। सम्बृद्ध नेपालको नारा लगाउएर थाक्दैनौ तर नेपालीहरुको विदेस मोहले देसभित्रको अबस्था उदांगो भएको छ। आज नागरिकहरु नागरिकता त्यागेर अरुको देस पलायन हुन रातभर जाग्राम बसेर पासपोर्ट बनाउन लाइनमा बसेको उदेक लाग्दो दृष्यले देसको अबस्था उजागर गरेको छ।

नेपालको सन्दर्भ हेर्ने हो भने बहुदलीय व्यवस्थापछि सहज बनेको राहदानी वितरण र अर्थतन्त्रमा खुलापनका कारण विदेश जानेको लर्को नै लाग्यो। देशमा सशस्त्र युद्ध सुरु भएसँगै धेरै युवा विदेसिन बाध्य भए। देसभित्रका अवसरबाट बन्चित भएपछि अवसरको खोजीमा देसको सिर्जनशील युवा बिदेसिने क्रम आजको मितिसम्म पनि रोकिएको छैन। बरु हरेक दिन तीन हजारको हाराहारीमा नेपालीहरु विदेसिने गरेका छन।

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रको स्वरूप बदलिन सकेन। कुनै पनि सरकारले युवावर्गलाई गरिखाने अवसर दिन सकेन। आज उच्च शिक्षा अध्यन गर्ने वाहाना होस वा कामको सिलसिलामा विदेस पलायन हुने क्रम दिन दुईगुना, रात चौगुनाको हिसावले बढ्दै छ। यस मामिलामा सरकारको दोहोरो नीति देखिन्छ। एकातिर बिदेसिएका युवालाई फर्काउने भनिरहेको हुन्छ भने अर्को तर्फ विभिन्न देससँग श्रम सम्झौता गर्दै युवावर्गलाई विदेश पठाउने नीति अपनाएको छ।

विकसित देशमा देशको आवश्यकता र बजारको मागअनुसार पाठयक्रम तय गरिन्छ। सोहीअनुसार दक्ष जनशक्ति उत्पादन गरिन्छ। तर विडम्बना भन्नु पर्छ हाम्रो देसमा सिप विनाका शैक्षिक बेरोजगारको ठूलो सख्या छ। डिग्री गरेर काम नपाए पछि युवावर्ग डबल डिग्री तथा पिएचडी गरिरहेका छन।

शिक्षत हुनु राम्रो कुरा हो तर काम नै नपाउने डिग्री गरेको सर्टिफिकेट बोक्नुकको पिडा वेरोजगार युवालाई मात्र थाहा छ। हुन त नेताहरु आफुले देस विकास गरेको ठूला ठूला कुरा गरिरहेका हुन्छन तर आज जसरी देसभित्र अवसर नदेखेर नागकिहरु विदेसिदै छन, यसले विकासको क्रान्ति गरे भन्ने नेताहरुलाई नै गिज्याइरहेको छ।

कुनै पनि वाहानामा नागरिकहरुले देस छोडन र नागरिकता त्याग्न तयार हुनु राज्यका लागि राम्रो संकेत होइन। नेपाल जस्तो सानो अर्थतन्त्र र विकासका लागि ठूलो सम्भावना भएको देसमा जे पनि गर्न सकिन्छ। नेपालको विकास गर्ने नेतृत्व मुलुकले पाउने हो भने दश बर्षमै कायापलट हुन सक्छ। तर दुर्भाग्यको कुरा त्यस्तो सरकार र नेतृत्वकर्ता जनताले पाउन सकेका छैनन। आज नेपालीहरु देस छोडनकै लागि लाइनमा बस्नु पर्ने बाध्यता छ। यसले कहिले सम्म निरन्तरता पाउने हो केहि भन्न सकिने अबस्था छैन।

मुलुकले विकासको गतिलिन सकेन। राज्यसंग विकासगर्ने स्पष्ट मार्गचित्र समेत छैन। गरिवी, अभाव, बेरोजगार, लगायतका समस्याहरूले मुलुक ग्रस्त छ। विधिको शासन हराएको छ। भ्रष्टाचार, अत्याचार, नाताबाद, कृपाबाद र आफन्तवादले जरा गाडेको छ। त्यसैले त युवावर्ग देस भित्र बस्न नसक्ने अबस्थामा पुगेको छ।

Leave a Reply