राष्ट्रियसभामा दुई वटा अध्यादेश पेश | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रियसभामा दुई वटा अध्यादेश पेश

काठमाडौं, १३ चैत । सरकारले राष्ट्रियसभामा दुई वटा अध्यादेश पेश गरेको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धि व्यवस्था गर्न बनेको अध्यादेश २०७४’ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘वेपत्ता व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७४’ पेश गरेका हुन् ।

दुवै अध्यादेशमाथि दफावार छलफल गरी संघीय संसदको दुवै सदनले अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धि अध्यादेश अनुमोदन गर्न राष्ट्रिय सभामा पेश गरिएको गृहमन्त्री थापाले बताए ।

त्यसै गरी कानुनमन्त्री तामाङले पनि वेपत्ता व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश अनुमोदनका लागि राष्ट्रियसभामा पेश गरिएको जानकारी दिए ।

अघिल्लो सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको २ वटा अध्यादेश सरकारले अनुमोदनका लागि राष्ट्रियसभामा पेश गरेको हो । राष्ट्रपतिबाट जारी भएको मितिले ६० दिन भित्र अध्यादेश संसदबाट पारित नभए स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक आगामी शुक्रबार अपरान्ह २ बजे बस्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);