संघीय संसदको पहिलो अधिवेशन अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसदको पहिलो अधिवेशन अन्त्य

काठमाडौं, २० चैत । मंगलबार बसेको बैठक संगै संघीय संसद (प्रनितिधिसभा, राष्ट्रियसभा) को पहिलो अधिवेशन अन्त्य भएको छ । संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट सुरु भएको थियो । यस क्रममा प्रतिनिधिसभाको ९ दिनमा ११ वटा बैठक बस्यो भने राष्ट्रियसभाको १० बैठक बसेको छ ।

के-के काम भए ?

यो अधिवेशनले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४ पास गर्नुको साथै १३ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्यो । राष्ट्रपति विद्या देवी भण्डारीबाट संयुक्त बैठकलाई सम्बोधन गर्ने काम भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिए । सभामुख र उपसभामुख निर्वाचन भयो । यस अधिवेशनले तीन वटा महत्वपुर्ण अध्यादेशहरुलाई पारित गर्यो । अधिवेशनमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);