संघीय संसदको दोश्रो अधिवेशन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संघीय संसदको दोश्रो अधिवेशन सुरु

sanghiya-samsad

काठमाडौं, २३ बैशाख । संघीय संसदको दोश्रो अधिवेशन आजबाट सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघिय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।

दोश्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ्गले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गरेका हुन् । त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, र कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघीय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गरे ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेस गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको प्रतिवेदन पेश गरेका हुन् । चैत २२ गते प्रतिनिधिसभा कार्य सञ्चालनका लागि प्रतिनिधिसभा नियमवाली मस्यौदा समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाको समयवाधि दिईएको थियो । समितिले टुंगो लगाएको मस्यौदा प्रतिवेदनमा फरक मत पनि समावेश गरिएको छ ।

संशोधन प्रस्ताव दर्ताका लागि बैशाख २५ गते अपरान्ह २ बजेसम्मको समय दिईएको छ । बैठकको सुरुमा नै सभामुख कृष्ण बहादुर महराले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);