मोदीको नागरिक अभिनन्दनका लागि सभा गृह सिंगारिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोदीको नागरिक अभिनन्दनका लागि सभा गृह सिंगारिँदै

sabha griha

फूलमाया आले
काठमाडौं, २३ बैशाख
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउने मिति नजिकिँदै गर्दा राष्ट्रिय सभागृहलाई सिंगार्ने काम तीव्र पारिएको छ । मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएकाले भवन सफाई तथा मर्मतको काम तीव्र गतिमा अघि बढाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यही वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । सो अवसरमा उहाँलाई राष्ट्रिय सभागृहमै काठमाडौँबासीको तर्फबाट महानगरका मेयर विद्यासुन्दर शाक्यले विशेष समारोहको आयोजना गरी नागरिक अभिनन्दन गर्ने तयारी छ । त्यसैले सभागृहको रङरोगन तथा बिग्रिएका कुर्सीहरु मर्मत गर्ने, भुईँमा ओछ्याइएका कार्पेटहरु परिवर्तन गर्ने, सभागृह भित्रको हलको स्टेज मर्मत, वरिपरिको वातावरण सरसफाई गर्ने काम तीव्र पारिएको हो ।

अभिनन्दनको क्रममा महानगरले नगरको कलात्मक साँचो हस्तान्तरण गर्ने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । आउँदो २६ गतेसम्म सभागृहमा रंगरोगन गर्ने, फूल रोप्ने, भत्किएको ठाउँ टाल्ने लगायतका सबै काम गरिसक्ने महानगरको योजना छ ।

महानगरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल हायातसम्मको सडकको धुलो सफा गर्ने, पानी छर्कने लगायतका कार्यक्रम रहेको छ । महानगरले सडकमा लेखिएको भित्तेलेखन मेट्ने, सबै आकाशे पुलहरुमा रङ लगाइने समेत बताएको छ ।

यसअघि २०७१ को मंसिरमा भएको सार्क सम्मेलनको बेलामा पनि राष्ट्रिय सभागृहलाई उसरी नै रङरोगन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);