मुलुकको विकासका लागि कांग्रेससँग सहकार्य गर्ने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

मुलुकको विकासका लागि कांग्रेससँग सहकार्य गर्ने : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार विकास, निर्माणको काममा केन्द्रित हुने भन्दै समृद्धिको अभियानमा प्रमुख प्रतिपक्ष दल नपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सरकार प्रतिपक्ष दलसँग सहिष्णु, उद्धार र मैत्रीभावका साथ सहकार्य प्रतिवद्ध रहेको उनको भनाइ छ ।

पार्टीको नीति विपरित नचल्न एमाले सांसदहरुलाई निर्देशन दिँदै उनले प्रि–बजेट छलफलमा खदिलो ढंगले प्रस्तुत हुन सचेत गराए । संविधान अनुसार धेरै कानुनहरु निर्माण गर्नुपर्ने भएकाले त्यसमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट देश र जनताको हितका केन्द्रित हुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार समय र स्रोतको अधिकतम परिचालन गर्दै मुलुकको समृद्धिमा लागि परेको दाबी गरे ।

ताजा समाचार