नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सरकार विकास निर्माणको काममा केन्द्रित हुने भन्दै समृद्धिको अभियानमा प्रमुख प्रतिपक्ष दल नपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सरकार प्रतिपक्ष दलसँग सहिष्णु, उद्धार र मैत्रीभावका साथ सहकार्य गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिन्डिकेट हटाएर सरकारले सबै क्षेत्रको सिन्डिकेट तोड्ने कार्यको सुरुवात गरेको बताए । उनले पार्टीको नीति विपरित नचल्न सांसदहरुलाई निर्देशन दिँदै प्रि–बजेट छलफलमा खँदिलो ढंगले प्रस्तुत हुन सचेत गराए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट देश र जनताको हितका केन्द्रित हुने स्पष्ट पारे ।

ताजा समाचार