काठमाडौं, २४ बैशाख । प्रतिनिधिसभाको कार्यसञ्चालन सम्बन्धी प्रस्तावित नियमावली विवादमा परेको छ ।
नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागेका सांसदलाई पुर्पक्षका लागि थुनामा राखिंदा निलम्बन नगर्ने प्रस्ताव गरेसँगै प्रतिनिधिसभबाट पारित हुनुअगावै प्रस्तावित नियमावली विवादमा परेको हो ।
अदालतमा मुद्दा दायर हुनासाथ कर्मचारी निलम्बनमा पर्ने गरेकामा सांसद्लाई निलम्बन नगर्न खोजिनुले कार्यकालको सुरुवाती चरणमै सांसद्हरुको नियतमाथि नै प्रश्न उब्जिएको छ ।




