संघीय संसदको संयुक्त कार्यसञ्चालन नियमावली बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संघीय संसदको संयुक्त कार्यसञ्चालन नियमावली बहुमतले पारित

sadan

काठमाडौं, ८ असार । संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली बहुमतले पारित गरेको हो ।

 नियमावली मस्यौदा समितिका संयोजक कृष्ण भक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

साथै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था सहितको नियमावलीलाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संशाेधन प्रस्ताव दर्ता गराएका  थिए ।

मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संसोधन प्रस्ताव फिर्ता लिनुभयो । सांसद दुर्गा पौडेलको संसोधन प्रस्ताव सर्वसम्मतिले र प्रेम सुवालको संसोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।

यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरुमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिएकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);