दफावार छलफल गर्न दुवै सदनको संयुक्त बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दफावार छलफल गर्न दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं, १४ जेठ । आज संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न दुवै बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);