संसद्को संयुक्त बैठक र नियमावली पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद्को संयुक्त बैठक र नियमावली पारित

samsadh

काठमाडौं, ९ असार । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको शुक्रबार बसेको संयुक्त बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठन तथा सर्वोच्च अदालतमा प्रधान्यायाधीश नियुक्तिको बाटो खुलेको छ । सर्वोच्चमा प्रधानन्यायाधीशको पद रिक्त भएको तीन महिनाभन्दा बढी भएको छ ।

बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलीलाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि नियमावलीको मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सभापति पोखरेलले विगतका अनुभवलाई पनि अध्ययन गरेर संयुक्त नियमावलीमा गणपूरक संख्या राखिएको स्पष्ट पारेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);