काठमाडौं, ३ असार । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिको आव्हानमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली पारित गर्नेछ ।
संयुक्त बैठकअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अलग अलग बैठक बस्ने छ । बैठकमा बजेटमाथि दफाबार छलफल गर्ने कार्यसूचि छ ।




