शैक्षिक हड्तालले पठनपाठन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शैक्षिक हड्तालले पठनपाठन प्रभावित

saichik hadtal

काठमाडौं, ३ असार । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले देशभरका शिक्षण संस्था बन्द गराएको छ ।

अखिल क्रान्तिकारीले पक्राउ परेका आफ्ना कोषाध्यक्ष नरेन्द्र विकसहितका विद्यार्थी नेताको रिहाइका लागि दबाब दिन शिक्षण संस्था र तिनमा अध्ययनरत विद्यार्थीलाई प्रयोग गरेको हो । क्रान्तिकारीको बन्दका कारण लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

बन्द आव्हानका बेला पठनपाठन सञ्चालन गरे अखिल क्रान्तिकारीले तोडफोड गर्ने त्रासमा काठमाडौंका कतिपय विद्यालयले कक्षा कोठामा उपस्थित भएका विद्यार्थीलाई हतारहतार घर पठाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);