नेपाललाई थप चारवटा हवाई मार्ग उपलब्ध गराउन भारत सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाललाई थप चारवटा हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

nepal varat sahamat

काठमाडौं, ३ असार । नेपाललाई थप चारवटा हवाई मार्ग उपलब्ध गराउन भारत सहमत भएको छ ।

भारत उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन भारत सहमत भएको हो । थप हवाइ मार्गका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय अधिकारीबीच काठमाडौंमा तीन दिनसम्म वार्ता भएको थियो । वार्तामा भारतीय अधिकारीले उडान सुरक्षालगायत विषयमा थप अध्ययन गरी नयाँ हवाई मार्ग उपलब्ध गराउन सहमति जनाएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

सहमति अनुसार जनकपुर– पटनाबीचको एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाइने भएको छ । पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौं–जनकपुरबीचको हवाई मार्ग तथा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई मार्ग दुईतर्फी बनाउने सहमति भएको छ । यो सहमतिसँगै भारत हुँदै नेपाल आउने विमान विराटनगर, जनकपुर, भैरहवा र महेन्द्रनगर हुँदै भित्रिन पाउने भएका छन् । हाल भारत हुँदै नेपाल आउने विमान सिमरा हुँदै भित्रिने गरेका छन् ।

नेपालले भारतसँग पूर्वदेखि पश्चिमसम्मका सात प्रवेश विन्दु दिन भारतसँग माग गर्दै आएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको अन्तिममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थप हवाई मार्ग उपलब्ध गराउन आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);