तातोपानी पुग्यो चीनबाट आएका १८ हजार थान अक्सिजन सिलिण्डर | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

तातोपानी पुग्यो चीनबाट आएका १८ हजार थान अक्सिजन सिलिण्डर

काठमाडौं । चीनले नेपाललाई सहयोगरुवरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेका छन् ।

अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको हो । नाकासम्म पुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ ।

यसअघि चीनबाट नै ४ सय सिलिण्डर हवाई मार्ग हुँदै नेपाल पुगीसकेका छन् भने थप १६ सिलिण्डर पनि हवाई मार्गबाटै ल्याईन लागेको छ । नेपालमा विद्यमान समस्या बनेको अक्सिजन सिलिण्डर अभावलाई समाधान गर्न हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् ।

तिब्बतको कुति न्यालम भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौं ल्याइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);