भैरहवा सेजमा उद्योग स्थापनाको काम अगाडि बढाउन उद्योगीलाई दुई साताको समय | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

भैरहवा सेजमा उद्योग स्थापनाको काम अगाडि बढाउन उद्योगीलाई दुई साताको समय

bhairawaha sej udyog

काठमाडौं, ३ असार । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न इच्छुक व्यावसायीले दुई साताभित्र काम नथाले उनीहरूसँगको सम्झौता खारेज हुने भएको छ ।

सेजको सचिवालयले उद्योग स्थापनाको अनुमति लिएर काम सुरु नगरेपछि उनीहरूसँगको सम्झौता खारेज गर्ने तयारी गरेको हो । सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा उद्योग सञ्चालनको अनुमति लिएपनि काम अगाडि नबढाइएका कारण अब आफूहरु उद्योगीलाई धेरै समय कुर्ने पक्षमा नरहेको बताए ।

उनले उद्योगीहरुलाई दुई साता पर्खने र त्यो अवधिमा पनि काम अगाडि नबढाए सम्झौता खारेज गर्ने बताए । उद्योगीले भैरहवा सेजमा २६ उद्योग सञ्चालन गर्न अनुमति लिएका छन् । ५ हजार ४ सय ५२ जनालाई रोजगारी दिने गरी उद्योगीले ७ अर्ब २६ करोड रूपैयाँ लगानीको प्रस्ताव गरेपनि उद्योग स्थापनाको काम भने अगाडि बढाएका छैनन् । उद्योगीहरुले उद्योग स्थापनामा ढिलाइ हुनुमा विद्युत अभावको कारण देखाउँदै आएका छन् ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेजभित्र स्थापना हुने उद्योगका लागि प्राधिकरणले माग गरेबमोजिमको विद्युत उपलब्ध गराउने बताए । उनले सेजमा डेडिकेटेड फिडरमार्फत १४ मेगावाट विद्युत उपलब्ध गराउने बताए । कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले सेजलाई आत्मनिर्भर अर्थतन्त्र विकासको थलोकारूपमा विकास गर्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);